विश्वकप फुटबलको सट्टेबाजी गराएको आरोपमा दुई पक्राउ

काठमाडाैं | पुस ३, २०७९

विश्वकप फुटबलको सट्टेबाजी गराएको आरोपमा दुई पक्राउ

काठमाडौंँ:   कतारमा जारी विश्वकप फुटबलको सट्टेबाजी गराएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१६ घर भएका सुनिल चौगुठी र भक्तपुर नगरपालिका–१२ घर भएका अजय भेले छन् ।


आरोपीहरूलाई भक्तपुरबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले  बताए । 


सुनिल चौगुठीले ३ करोड बढीको कारोबार गरेको अनुसन्धानबाट थाहा भएको छ । विश्वकप फुटबल अन्तर्गत आइतबार राति अर्जेन्टिना र फ्रान्सको बिचमा फाइनल खेल हुँदै छ ।


अपराध अनुसन्धान कार्यालयले यसअघि सट्टेबाजी धन्दामा संलग्न पाल्पाका रुद्र प्रसाद पोखरेल र भारतीय नागरिक पवन कुमार शर्मा सहित ४ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्